सुरुङ मार्ग बन्दा वन्दै भासियो, विदेशी ठेक्काबाट, कमिशनमा नेपाली ठेक्का,

Total Views : 226
Zoom In Zoom Out Read Later Print

विदेशी ठेक्का हाज्मा–आन्द्रो जेभिबाट नेपाली ठेक्का स्वच्छन्द निर्माण सेवाले पाएको बाहिरी सुरुङ मार्ग कच्चि जिआई जालिको सपोर्टमा ग्रावेल र माटो भरेर निर्माण गर्ने क्रममा नै भासियाे ।

सुरुङ मार्ग वन्दा वन्दै भासियो, विदेशी ठेक्काबाट, कमिशनमा नेपाली ठेक्का,
धादिङ जिल्ला धुनिवेशी नगरपालिका र काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका जोडिएको सुरुङ मार्ग राष्ट्रिय गौरवको आयोजना अन्र्तगत पर्दछ । जुन आयोजना नेपालको पहिलो सुरुङ मार्ग हो । नौविसे नागढुङ्गा अन्र्तगत पर्ने नागढुङ्गाको सवारी जामको हैरानीको विकल्पमा वन्न लागेको सुरुङ मार्ग जापानी कम्पनी हाज्मा – आन्द्रो जेभिले साढे १३ अर्बमा ठेक्का पाएको हो । तर ठेक्का पाएको हाज्मा–आन्द्रोले सप कन्ट्रयकटरलाई ठेक्काको रुपमा दुई वटा नेपाली कम्पनीलाई ठेक्का दिएको छ ।



विदेशी ठेक्का हाज्मा–आन्द्रो जेभिबाट नेपाली ठेक्का स्वच्छन्द निर्माण सेवाले पाएको बाहिरी सुरुङको राजमार्ग भासिएको छ । कच्चि जिआई जालिको सपोर्टमा ग्रावेल र माटो भरेर निर्माण गरेको सडक भासिएको हो । राजमार्ग भासिए पछि संचालनमै रहेको पुरानो राजमार्ग संगै रहेको घरहरु पनि तान्ने जोखिम वढेको सुरुङ मार्ग प्रभावित क्षेत्रका संयोजक राजिव लामाले वताए ।
भन्नलाई विदेशी कम्पनी भने पनि काम गराई सवै नेपाली कम्पनीहरु नै छन् । हुन पनि आम नागरिकहरुले विदेशी कम्पनीले लिएको ठेक्कामा गुणस्तरिय काम हुन्छ भनेर सोचेका हन्छन् । तर वास्तवमा विदेशी कम्पनीले ठेक्का लिने र कमिशनमा नेपाली कम्पनीले ठेक्का लिएर काम गर्ने सुरुङ मार्गको जोलन्द उदाहरण हो यो ।
सुरुङ मार्ग भित्रको काम मेघाटेक कम्पनीले गर्दै आएको छ । भने सुरुङ बाहिरको काम स्वाच्छन्द कम्पनीले गर्दै आएको छ । सुरुङ भित्रको काम र सुरुङ वाहिरको काम २०७६ साल असोज देखी सुरु भएको हो । सुरुङ भित्र मेन सुरुङ काठमाण्डौ तर्फ ७ सय ७० मिटर र धादिङ तर्फ ७ सय ५ मिटर गरी १ हजार ४ सय ७५ मिटर करिव १ं.५ किलो मिटर काम भै सकेको सुरुङ मार्ग आयोजनाका निर्वतमान प्रमुख माधव प्रसाद अधिकारीले वताउनु भएको छ ।


सुरुङ भित्रको काम कति गुणस्तरीय छ या छैन थाहा छैन् । तर सुरुङ मार्गको बाहिरको काम भने गुणस्तरीय छ या छैन हेदा नै प्रष्ट देखीन्छ ।
सुरुङ बाहिर निर्माणाधिन सडक करिव १ सय मिटर जति भासिएर क्षेति भएको छ । भासिएको सडक के कारण र कसरी भासियो भन्ने अनुसन्धान भै रहेको निमित प्रमखु माधव प्रसाद अधिकारीले वताए ।
भने पहिरो रोकथामको लागि लगाएको जालि सहित सिमेन्टेड पलाष्टर गर्दा गदै पहिरोले क्षेति भएको थियो । पहिरो जादा करिव ५ सय मिटर जमिन सहित भासिएको हुदा करिव आधा दर्जन घरहरु नै जोखिमा रहेका छन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी, सुरुङ मार्गका आयोजना प्रमुख र स्थानिय जनप्रतिनिधिहरुको संयुक्त बैठकबाट जोखिम यूक्त घरहरुलाई क्षेतिपुर्ति दिने र तत्कालका लागि घर भाडा उपल्वध गराउने भन्ने सहमति पनि भएको थियो । तर सहमतिमा मात्र सिमित रहेको सुरुङ मार्ग प्रभावित क्षेत्रका संयोजक राजिव लामा वताए ।
तर आयोजनले भने वैषाख देखीको भाडा रोकिएको स्वीकार गरेको छ । नेपालका सरकारको आर्थिक वर्ष वजेटिङको कारण रोकिएको उनको भनाई थियो ।
४२ महिनामा सक्नु पर्ने उक्त आयोजना कोभिडको कारण आयोजनामा प्रभावित हुदा केही समय थप गरिएको छ । धादिङको धुनिवेशी तर्फ सुरुङ देखी ५ सय ६५ मिटर पक्की सडक र काठमाण्डौ चन्द्रागिरी तर्फ २.३० किलोमिटर त्रिभुवन राजपथमा जोडिने छ । धादिङको ५ सय ६५ मिटर सडक मध्ये करिव १ सय मिटर सडक भासिएको हो । स्वदेशी कम्पनीको विश्वास नहुदा नेपाल सरकारले विदेशी कम्पनीलाई नै यसै गरी ठेक्का दिने गरेको छ । कागजमा विदेशी र काम गराई नेपाली कम्पनी नै हुदा पनि गुणस्तर काम भएको भए शंका जन्माउने थिएन होला । तर नेपाली कम्पनीहरुले गरेको यस्तो कामले शंका मात्र जन्माउ दैन भोलि हुने विकास निर्माणका काममा भने विश्वासनियता गुमाउदै जाने छ ।




See More

Latest Photos