चार बुँदे सहमतिमा घाइते उपचार परेन

Total Views : 180
Zoom In Zoom Out Read Later Print

४ वुद्धे सहमतिको अन्तिम ४ नंम्वर वुद्धामा मा निर्वाचन सुरक्षा समेटिएको छ । तर त्यही फोहोरबाट उत्पन्न झडपमा परेका घाइतेको विषयमा वुद्धामा नसमेट्नु भनेको घाइते माथि अन्याय गर्नु हो । फोहोर खुलाउन गएका प्रहरी र स्थानिय विच भडप हुदा कमल तामाङ गोलि लागेर गम्भिर घाईते भए भने केही स्थानिय र प्रहरी सामान्य घाइते भएका थिए ।

यहि आन्दोलनको विच श्रावण ३१ गते स्थनिय र प्रहरी विच झडप हुदा स्थानिय युवा धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं.१ चिलाउने वस्ने वर्ष १८ का कमल तामाङ गोलि लागेर घाइते गम्भिर घाइते भए । गोलि लागेर घाइते भएका कमल तामाङ काठमाण्डौ अन्नपुर्ण न्यूरो अस्पतालमा आइसियूमा उपचारार्थ रहेका छन् । तर भाद्र २ गते धादिङका प्रमुख जिल्ला अधिकारी,कृष्ण प्रसाद लम्साल, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल र काठमाण्डौ महानगरपालिकाका प्रशासकिय अधिकृत लोकनाथ पौड्याल र स्थानिय जनप्रतिनिधि धुनिवेशी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्य सहित वसेको ४ वुद्धे सहमतिमा गम्भिर घाइते तामाङको उपचारको विषयमा भने ४ वुद्धे सहमतिको वुद्धामा परेन ।  
४ वुद्धे सहमतिको अन्तिम ४ नंम्वर वुद्धामा मा निर्वाचन सुरक्षा समेटिएको छ । तर त्यही फोहोरबाट उत्पन्न झडपमा परेका घाइतेको विषयमा वुद्धामा नसमेट्नु भनेको घाइते माथि अन्याय गर्नु हो । फोहोर खुलाउन गएका प्रहरी र स्थानिय विच भडप हुदा कमल तामाङ गोलि लागेर गम्भिर घाईते भए भने केही स्थानिय र प्रहरी सामान्य घाइते भएका थिए ।
गम्भिर घाईते तामाङ केही महिना अघि मात्र भारतबाट घर आएका थिए । आर्थिक अवस्था कम्जोर भए पछि उनि मजदुरीको लागि भारत भएका थिए । फोहोर व्यवस्थापन विरोधमा साथीहरुले वोलाए पछि उनि आन्दोलनमा गएको वुझिएको छ । तर घरको अवस्था कम्जोर भए पछि उपचार गर्ने खर्च अवस्था नभएको र आफु पनि विमारी भएको हुदा अस्पताल जान नसकेको घाईतेका बुबा कान्छा तामाङले वताए ।

See More

Latest Photos