न्चरे ल्याण्ड फिल्ड साइडमा स्थानिय र प्रहरी विच झडप, गाेलि लागि एक युवा घाइते ।

Total Views : 310
Zoom In Zoom Out Read Later Print

वन्चरे ल्याण्ड फिल्ड साइडमा स्थानिय र प्रहरी विच झडप हूदा गोलि चल्यो ।

धादिङ्ग जिल्ला धुनिवेशी नगरपालिका र नुवाकोट जिल्लाको ककनी गाउँपालिको संगम स्थल हो वन्चरे डाँडा कुडुले । हो त्यही वन्चरे डाँडा कुडुले जुन यति खेर चर्चाको विषय वन्दै आएको छ । चर्चा पनि फोहोरको फोहोरी राजनितिको । करिव २ दशक भन्दा वढि समय काठमाण्डौ लगाएत विभिन्न नगरपालिकाको फोहोर व्यवस्थापन गर्दै आएको वन्चरे सिस्डोल वेला वेलामा हुने विवादले नै चर्चामा आएको हो । दुई साता देखी फोहर व्यवस्थापनलाई लिएर स्थानिय आन्दोलित छन् । 


यहि आन्दोलनको विवाद विच श्रावण ३१ गते स्थनियहरुको अवरोध हटाउन गएका प्रहरी र स्थानिय विच झडप हुदा गोलि चलेको हो । रवडको गोलि लागि धुनिवेशी नगरपालिका वडा नं. १ चिलाउने वस्ने स्थानिय अन्दाजी वर्ष १८ का कमल तामाङ सख्त घाईते भएका छन् । सख्त घाइते युवा तामाङ काठमाण्डौ स्थित अन्नपुर्ण अस्पतालमा उपचार भै रहेको स्थानियले वताएका छन् ।




See More

Latest Photos