वामतालमेल टानमा, राजेन्द्र प्रसाद सापकोटाले राम प्रसाद सापकोटा (कमल) नेतृत्वलाइ समर्थन गर्ने घोषणा

Total Views : 222
Zoom In Zoom Out Read Later Print

एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले राम प्रसाद सापकोटा (कमल) नेतृत्वलाइ समर्थन गर्ने घोषणा

२७, श्रावणा काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा बामतालमेल हुने संकेत देखिएको छ । एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले राम प्रसाद सापकोटा (कमल) नेतृत्वलाइ समर्थन गर्ने घोषणा गरे छ । एमाले निकटका हुन राजेन्द् सापकाेटा सहित एमाले पर्यटन व्यवसायीहरुकाे ठुलाे  पंतीले राम प्रसाद सापकाेटा(कमल)लाइ सहयाेग गरेर जाने देखिएकाे छ ।

सो प्यानललाई नेत्र विक्रम चन्द (विप्लप), मोहन वैद्य, बाबुराम भट्टराईनिकट व्यवसायीहरू र जसपा निकट व्यवसायीहरुका साथै अब एमाले समर्थित पर्यटन व्यवसायीहरुले पनि सहयोग गर्नेछन् ।

एमालेका सापकोटासँगै नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्षसमेत भइसकेका सन्तवीर लामा, टानका पूर्वअध्यक्षहरु सीताराम सापकोटा, चन्द्र रिजाल, टानका पूर्व सचिव मुक्ति पाण्डे, भिटोफका पूर्वअध्यक्ष ध्रुव सिंखडालगायतका एमालेको जम्बो टिम एमाले–कांग्रेस गठबन्धनको विपक्षमा उभिएका छन् ।

राजेन्द्रले निकालेकाे विज्ञपतीमा भनिएकाे छ । ‘मैले उठाएका मुद्दाहरूलाई यथार्थतामा परिणत गर्न सक्ने व्यक्ति नेतृत्वमा पुगोस भन्ने मेरो आशा रहेको छ’ उनले विज्ञप्तीमार्फत भनेको छन् ‘मेरो नजरबाट हेर्दा सरकारका उच्च तहसम्म पहुच भएको, विभिन्न संघसंस्थामा सफल नेतृत्व निर्वाह गरिसकेको, सरल एवं बौद्धिक, सबैलाई मिलाएर लान सक्ने क्षमता भएको, अन्तर्राष्ट्रिय अवार्डहरूबाट समेत सम्मानित भइसकेको व्यक्तित्व रामप्रसाद सापकोटा (कमल)ले नेतृत्व गरेको समावेशी समूहको हातमा नै आगामी टानको भविष्य सनिश्चित हुन्छ भन्नेमा पूर्ण विश्वस्थ छु र मेरो पूर्ण साथ र समर्थन यही समूहलाई रहने ब्यहोरा निवेदन गर्दछु ।’

सापकोटाले विज्ञप्तिमार्फत आफ्ना एजेण्डासमेत प्रस्तुत गर्दै ती एजेण्डा कार्यान्वयन गर्नका लागि कमल सापकोटाको टिम सक्षम रहेको दाबी गरेका छन् । सपाकोटाले विज्ञप्तिमार्फत पदयात्रा व्यवसायको भविष्य सुनिश्चित गर्नु, खस्कँदै गएको टानको गरिमा बढाउनु, व्यवसायिक एकता कायम गरी टानलाई पदयात्रा पर्यटन क्षेत्रको एक अग्रणी संस्थाको रूपमा विकास गर्नु अहिले महत्त्वपूर्ण रहेको पनि बताएका छन् ।

See More

Latest Photos