जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु

Total Views : 58
Zoom In Zoom Out Read Later Print

जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु सल्यानमा शारदा नगरपालिका-४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो।

सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। 

शारदा नगरपालिका-४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। 

जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो। 

See More

Latest Photos