विदेश मन्त्री वाङ यीले पूर्वी एशियामा सहयोग बढाउन तीन बुँदे प्रस्ताव राखे

Total Views : 38
Zoom In Zoom Out Read Later Print

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले पूर्वी एशियामा सहयोग बढाउन तीन बुँदे प्रस्ताव राखे ।

२१ साउन, नोम पेन्ह । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले शुक्रबार कम्बोडियाको नोम पेन्हमा आयोजित १२ औँ पूर्वी एशिया शिखर सम्मेलनका विदेश मन्त्रीहरूको बैठकमा भाग लिने क्रममा पूर्वी एशियामा सहयोग बढाउन तीन बुँदे प्रस्ताव राखेका छन् ।

मन्त्री वाङले शिखर सम्मेलनको आगामी विकासका लागि चीनको तीन बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् । ती प्रस्तावमा राजनीतिक सुरक्षासम्बन्धी वार्तालाई रचनात्मक ढङ्गले अघि बढाउने, विकास र सहयोगको लागि शिखर सम्मेलन बलियो बनाउने र जोखिम एवं चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने क्षमता प्रवर्द्धन गर्ने लगायतका छन् ।

See More

Latest Photos