गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेकी छन्

Total Views : 33
Zoom In Zoom Out Read Later Print

सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् ।

चर्चित गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेकी छन् । सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ । ‘केही समय अगाडि मैले आफ्नो इन्जेगमेन्ट गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो’, राईले भनेकी छन्, ‘एउटा  परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि  जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन ।’ 

See More

Latest Photos