बंगलादेशलाई ५-२ ले पराजित गर्दै भारत लगातार दोस्रो पटक च्याम्पियन

Total Views : 16
Zoom In Zoom Out Read Later Print

२१ साउन, काठमाडौं । गुरकितर सिंह एक्लैले चार गोल गरेपछि घरेलु टोली भारतले बंगलादेश विरुद्ध बदला लिँदै साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५-२ ले पराजित गर्दै भारत लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा नेपालमा भएको च्याम्पियनसिपमा पनि भारतले बंगलादेशलाई नै हराएर उपाधि जितेको थियो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जसमा भारतले तीन गोल थप्यो । भारतका गुरकिरतले निर्धारित ९० मिनेटमा दुई र अतिरिक्त समयमा दुई गोल गरे । हिमांशु जांग्राले एक गोल थपे । नेपाल संगकाे खेलमा वंगलादेशकाे खेडाली फल्ड गर्दा नेपाली खेलाडी र वंगलादेशी खेलाडी विच खेल मैदानमा झडप नै भएकाे थियाे ।


See More

Latest Photos